कला/मनोरन्जनकलिउड

समाजमा बलात्कारी पनि दुई प्रकारका हुने रहेछन् : गायिका समीक्षा अधिकारी

गायिका समीक्षा अधिकारीले समाजमा बलात्कारी दुई प्रकारका हुने बताएकी छन् । शनिबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले चितवनको एक होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गर्दै उक्त मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेकी छिन् ।

गायिका समीक्षा अधिकारी

उनले बलात्कारीहरू फाँसीको लायक भएको पनि बताएकी छन् । गायिका अधिकारीले यही विषयमा सामाजिक सञ्जालमा लेखेकी हुन् ।

उनले लेखेकी छिन्, ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन् । १. माया र करुणाको नाटक गर्ने बलात्कारी, जस्ले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन् । २. जबरजस्ती गर्ने बलात्कारी, जस्ले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन् । यी दुवै फाँसीका लायक छन् ।’

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.