क्रिकेटखेल

उपाधिका लागि नेपाल र नेदरल्यान्ड्सबीच मंगलबार प्रतिस्पर्धा हुने

काठमाडौंमा जारी तीन देश सम्मिलित त्रिकोणात्मक टी-२० आई श्रृङ्खलाको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

आइतबार नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाको कारण रद्द भएपछि अंकका आधारमा नेदरल्यान्ड्स शीर्षस्थानमा र नेपाल दोस्रो हुँदै फाइनलमा भेट तय गरेका हुनु ।

नामिबिया र नेदरल्यान्ड्सबीच समूह चरणको अन्तिम खेल चलिरँदा पानी परेपछि खेल अबरुद्ध भएपछि दुबै टोलीले १–१ अंक बाँडे ।

मिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो भएको नेपालको ४ अंक छ । बराबरीपछि नामिबियाको ३ अंक मात्र भयो ।

आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो । तर आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । फाइनल मंगलबार हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.