जन सरोकार

आजबाट प्रधानमन्त्री ओलीको शरीरमा हुनेछन् चारवटा मिर्गौला

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदैछ । यतिबेला काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रत्यारोपण चरिरहेको छ र आजबाटै उहाँको शरीरमा चारवटा मिर्गौला हुनेछन् किनभने प्रत्यारोपण भनेको पुरानो झिकेर नयाँ राख्ने नभै नयाँ ठाउँमा नयाँ मिर्गौला राख्ने हो ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा।ऋषि कुमार काफ्लेका अनुसार प्रत्यारोपण गर्ने भनेको पुरानो मिर्गौला निकालेर नयाँ मिर्गौला फिट गर्ने होइन । यो हिसाबले प्रधानमन्त्रीको शरीरमा प्रत्यारोपणपछि चारवटा मिर्गौला हुनेछन् । हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन् । प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यतिबेलादेखि ओलीको शरीरमा तीनवटा मिर्गौला छन् ।

१२ वर्षअघि गरिएको मिर्गौलाले काम गर्न छाडेपछि बुधबार फेरि नयाँ मिर्गौला प्रत्यारोपण गरिँदैछ । यससँगै प्रधानमन्त्रीको शरीरमा चार वटा मिर्गौला हुनेछन् । डा काफ्लेका अनुसारा पहिले प्रत्यारोपण गरिएको मिर्गौला शरीरमा जेलिएर बसेको हुन्छ, त्यसलाई हटाउन समय धेरै लाग्ने भएकाले कुनै पनि डाक्टरहरुले त्यस्तो झन्झट गर्दैनन् ।

पुरानो मिर्गौलाले दुई–चार प्रतिशत काम गरिरहेको हुन्छ, प्रत्यारोपण गर्नासाथ नयाँ मिर्गौलाले काम गर्न थालिहाल्छ । मिर्गौला प्रत्यारोपणको काम सक्न चारदेखि पाँच घण्टासम्म लाग्ने अनुमान छ ।

मिर्गौला प्रत्यारोपणको काम सक्न चारदेखि पाँच घण्टासम्म लाग्ने अनुमान छ । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि प्रा डा प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दान दिने उहाँकी भान्जी दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए । प्रत्यारोपण अगाडि प्रधानमन्त्री ओलीको बिभिन्न परीक्षणहरु गरिएको र नयाँ मिर्गौला शरीरले स्वीकार्न सजिलो बनाउने आवश्यक औषधिहरु दिइएको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.