एनआरएनए जापानले जम्मा गर्ने भो आपतकालीन राहतकोषमा ४० लाख येन

गैआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको हालै सम्पन्न बैठकले संघलाई प्रभावकारी तुल्याउन मानार्थ परिषद् गठन गर्नुका साथै संघको कोषमा रहेको ५० लाख १७ हजार ७ सय ५४ येनबाट आपतकालीन राहत कोषमा चालीस लाख येन जम्मा गर्ने निर्णय गरेको छ ।
मार्च १ मा बसेको बैठकले नेपाली समुदाय र नेपालका लागि प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग पुर्याउँदै आएका जापानमा विभिन्न क्षेत्रमा सक्रिय नेपाली तथा जापानी व्यक्तित्वहरुलाई मानार्थ सदस्यमा मनोतिन गरिएको हो ।
मनोनितहरुमा हरि सापकोटा, राजन श्रेष्ठ, अर्जुन अधिकारी, राजेन्द्र श्रेष्ठ, राजविन थापा, मुक्तिराम खरेल, टीकाराम कँडेल, प्रेम आचार्य, सन्तोष थापा, दीपक देवकोटा, सागर कँडेल, राजकुमार अधिकारी, यम खत्री, राजेन्द्र थापा, अर्जुन केसी, माधव उप्रेती, सुशिल गिरी, महेन्द्र गिरी, महेश रिसाल, बुद्धि शेरचन, गोपाल सापकोटा, पुरुषोत्तम सिग्देल, नारायण कँडेल, सुनिल केसी, सागर भण्डारी, भोजेन्द्र सुवेदी, गृष्म पौडेल, नविन अधिकारी, प्रैमिला गौचन, गेलु शेर्पा, कृष्ण सापकोटा, दिनेश लोहनी, अम्बर गुरुङ, रत्न सिंह बस्नेत, हरि लामिछाने, सुमन लिम्बु, कृष्ण केसी, आशिष थापा, शरद राई, पूर्ण चलाउने, अर्जुन थापा, गिरिजा गैरे, विष्णु भण्डारी, कृष्ण खरेल, राज पुरी रहेका छन् ।
त्यसै गरी जापानी नागरिकहरु मियाजाकी कोजी, युकी आबे, कोनिसी तोसिआकी, युको सानो, सासाकी हिरो, योसिहरु कोमियामा, यामासिता किन्जो रहेका छन् ।
संघको रिक्त रहेको महिला सदस्यको कोटामा भने स्मृति आचार्यलाई मनोनित गरिएको छ ।
यसै गरी बैठकले आईसीसी अधिवेशनमा प्रतिनिधिकाा रुपमा भागा लिनका लागि शुल्क बुझाए पनि मापदण्ड नपुगेर जान नसकेका सदस्यको शुल्क फिर्ता गर्ने निर्णय समेत गरेको छ । यसका लागि एनआरएनए जापानका कोषाध्यक्ष कालिका थापाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्