अर्थ
सुन अहिलेसम्मकै महंगो- भयो प्रतितोला ८० हजार पाँच सय
चीन हुँदै विश्वभर फैलिएका कोरोना भाइरसको कारण अन्तर्राष्ट्रिय आर्थिक क्षेत्रमा परेको प्रभावका कारण पहेंलो धातु सुनको मूल्य लगातार उकालो लागिरहेको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १५ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको सुन बुधबार बढेर प्रतिऔंस १६ सय ४२ अमेरिकी डलरमा पुगेको छ ।
यही अनुपातमा नेपाली बजारमा सुनको मुल्य प्रतितोला २२ सय बढेर ८० हजार ५ सय पुगेको छ । मंगलबार छापावाला सुन प्रतितोला ७८ हजार ३ सय कारोबार भएको थियो ।
यसअघि फागुन १२ गते सुनको मूल्यले प्रतितोला ८० हजार ३ सयमा पुगेर नयाँ किर्तिमानि बनाएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तेजाबी सुनको मूल्य ८० हजार २ सयमा कारोबार भइरहेको जनाएको छ भने चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँमा कायम छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।

प्रतिक्रिया राख्नुहोस्