जापानबिचार

जापानमा नेपालीको बढ्दो आत्महत्या ! कारण र रोकथामका उपाय यी हुन्

– कृष्ण अधिकारी

विश्वको तेस्रो ठूलो आर्थिक शक्ति, मानवअधिकारका मौलिक हक उपभोगको पूर्ण प्रत्याभूति, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सबै पक्षमा सशक्त उपस्थिति रहेको जापान विश्वभरकै नागरिकहरुका लागि एउटा स्वप्न देश हो, जहाँ उच्च शिक्षा हाँसिल गर्ने र रोजगारी गरी प्रशस्त धनआर्जन गर्ने आकांक्षा जो कोहीको हुन्छ । यस्तो आकांक्षा राख्नेमा नेपालीहरुको संख्या पनि अधिक छ । जापानमा रहेका विदेशीहरुको तथ्यांकमा नेपालीको संख्या निकै धेरै छ ।

तर, जापान पुगेका नेपालीहरुमा आत्महत्या गर्ने क्रमम बढ्दो छ । केही हप्ता अघि जापानको आइचीकेनको खासुगाइ शहरमा बस्दै आएका बागलुङ ग्वालीचौरका युवा ३७ वर्षीय मधु आचार्यले आत्महत्या गरेका थिए । कुक पेशामा कार्यरत आचार्य श्रीमतीसहित जापानमा बस्दै आएका थिए ।

त्यस्तै अघिल्लो हप्ता जापानको मियाजाकी केनको मियाजाकी सहरमा बस्ने युवतीले दुधे बालिकालाई छोडेर आत्महत्याको बाटो रोजिन । श्रीमानसंगै बस्दै आएकी उनको अन्तरजातीय प्रेम विवाह गरेका कारण आत्मदाहको चरणमा पुगेको आशंका छ । यपि आत्महत्याको ठ्याक्कै कारण पुष्टि नभैसके पनि पारिवारिक असमझदारी नै उनले आत्हत्या गर्नुको कारण हुनसक्ने जापानमा क्रियाशील सामाजिक संस्थाका ब्यक्तिहरुको बुझाई छ ।

त्यस्तै बाग्लुङ्ग स्थाई घर भएका युवा मोहनबहादुर बस्नेतले पनि यसै साता आत्महत्या गरेका छन । परिबारसहित जापानको टोकियोस्थित कामतामा श्रीमती र छोरीसंगै बस्दै आएका बस्नेतले पनि बिदेशी भूमिमै देह त्याग गरे ।

माथी दिइएका भर्खरै घटेका वैदेशिक रोजगारीमा जापान आएका नेपालीहरुको उदाहरण मात्र हो । हालै मात्र एक इन्सुरेन्स कम्पनीले गरेको सर्भे र जापानस्थित नेपाली दूतावासको विवरण अनुसार हरेक वर्ष सवारी दुर्घटनामा निधन हुने छिटपुट घटना बाहेक २० देखि २५ जनाले आत्महत्या गर्ने गरेको पाइएको छ ।

किन आत्महत्या गर्ने निर्णयमा पुग्छन ?

विशेष गरी यो सामाजिक घटना नै हो, तर यसले मानिसहरु लाई केही लोभ, अहंकार, चिन्ता, बैराग्य जस्ता कारणबाट पनि घट्ने घट्छ । त्यसो भन्दैमा यसको मुख्य कारण स्वयम् ब्यक्ति मात्र पनि हुन सक्दैन । अर्थात समाज पनि कहिँ न कहिँ दोषी हुने गर्छ । समाजमा मुख्य गरी निम्न किसिमका समस्या भएका ब्यक्तिहरु यो निर्णयमा पुग्न सक्ने हुन्छन ।

मानसिक समस्या भएमा

कतिपय मानिसहरुलाई डिप्रेसनको बिमारी भएकाहरुले भावनात्मक कुराहरु अनाबश्यक रुपमा मनमा लिएर आफ्नो वरिपरी कुनै सम्भावनाहरु नदेखिसकेपछि पनि आफ्नो सम्पूर्ण दुख अन्त्य गर्न सकिन्छ भन्ने कारणले पनि मानिस यो क्रियाकलाप गर्न सक्छ ।

कुनै घट्नाको दबाबका कारण

मानिसहरुको जीवनमा घटेको कुनै अविस्मरणीय घट्नाका कारण पनि उनीहरुमा त्यसको असर परिरहेको हुन्छ । बच्चा हुँदै शारीरिक हिँसामा परेी बालिका, युद्कोद्ध अनुभव, विगतमा गरेका गल्तीहरु जस्ता घटनाको दबावबाट धेरै वर्षपछि पनि आत्महत्या गर्ने बढी सम्भावना हुन्छ ।

लागूपदार्थ र आवेग

मानिसमा कुनै प्रकारको लागूपदार्थको सेवन गर्ने बानी छ र त्यसको असरका कारणले पनि ब्यक्ति आत्महत्या गर्न सक्छ । अत्यधिक मात्रामा रक्सीजन्य पदार्थ सेवन गर्दा आफ्नो व्यक्तिगत समस्या र प्रेम सम्बन्धमा आएको तनावका कारण आएको आवेगले पनि ब्यक्तिले अप्रिय निर्णय लिन सक्छ ।

आशावादी नहुनु

कतिपय अध्ययनले बताउँछ कि ब्यक्तिले आफ्ना अनेकन समस्याका कारण छोटो समय वा लामो समयसम्म आशावादी नहुँदा पनि आत्महत्याको निर्णय लिन पुग्छ । किनभने उसले सामाजिक, आर्थिक र शारीरिक समस्याहरुलार्इ पार गर्न नसक्दा आशावादी नहुने र अन्ततः आफ्नो जीवन नै समाप्त गर्ने निर्णयमाा पुग्दछन् ।

अत्यधिक दुखाइ र दीर्घ रोग

आफ्नो इज्जत बचाइराख्नको लागि आफूभित्र भएको रोग लुकाउले उद्देश्यका कारण पनि यस्ता घट्ना घट्ने गरेको पाइने गरेको छ । साथै आफ्ना अत्यधिक दुखाइका कारण पनि त्यसबाट छुटकारा पाइन्छ भनेर व्यक्तिले कहिले काहीं यो बाटो रोज्ने गरेको छन ।

अमेरिकन जर्नल अफ प्रिभेन्टेटिभ मेडिसिनले गरेको अध्ययन अनुसार निम्न रोग भएका ब्यक्तिले आत्महत्या गर्ने उच्च जोखिम हुने पत्ता लगाएको थियो । आस्थामा, मेरुदण्ड दुखाइ, मस्तिष्क बिरामी, क्यान्सर, मुटु सम्बन्धी रोग, मधुमेह, एचआईभी उच्च रक्तचाप, माइग्रेन, पार्किन्सन लगायतका रोगहरु भएका ब्यक्तिहरुले पनि अप्रिय निर्णय लिन सक्छन ।

अरुलाई बोझ बनेको अनुभब गर्नु

ब्यक्ति निकै गम्भीर दुखाईमा छ भने अथवा समय समयमा बिमारी भइरह्यो भने उसले आफूले अरुको भार अनुभब गर्दछ, सानो सानो कुरालार्इ धेरै ठूलो सम्झने हुँदा अधिकांशमा यस्तो समस्या पाइने गर्छ । अस्पताल लैजाने, ल्याउने, उपार शुल्क लगायतका कुराहरुले पनि आफू कसैको बोझ बनेको अनुभव गर्ने कारण भावनामा आएर पनि दुर्घटना हुने गर्छ ।

सामाजमा एक्लै भएको महसुस हुनु

ब्यक्ति समाजसंग कुनै सम्बन्ध र साइनो नभएको महसुस गर्नु पनि एउटा कारण रहेको छ । आफ्नो पारिवारिक सदस्य श्रीमती, बच्चाहरु गुमाउँदा, बैबाहिक बिच्छेद हुन गइरहेको बेला, शारीरिक र मानसिक बिमारी भएका बेला, समाजमा तनाब उत्पन्न भएका बेला, आफ्नो पेशागत जीवनबाट बिदा भएको बेला वा नयाँ ठाउँमा बसाइ सरेको बेला, समाजबाट एक्लिएको महसुस गरी ब्यक्तिले आत्महत्या गर्न सक्छ ।

ब्यक्तिले आफ्नो जीवन गुमाउनुका कारण माथीका मात्र अवश्य हैनन् । हाम्रो समाज, समाजका अन्य तत्व, परिवार, छरछिमेकी साथी भाइहरुका बिभिन्न ब्यबहारका कारण पनि यस्तो घटना घट्ने गर्छ । अझ वैदेशिक रोजगारीमा आएका ब्यक्तिहरु आर्थिक रुपमा धेरै दबाबमा हुने हुँदा आकस्मिक आउने प्रकोप, बिपत्तिहरुका कारण पनि सजिलै यस्ता घट्छन ।

जस्तै भनौ, कोभिड १९ का कारण संसारभर करौडौंको जागिर गुमेका कारण पनि मानिसहरु धेरै दबाबमा परेर निर्णय लिन सक्छन । अर्थात बिभिन्न सामाजिक घट्नाकै कारण यो घट्ने गर्छ ।

आत्महत्या रोकथामका उपाय

आजकल डिजिटल माध्यमका सामाग्रीहरु हेर्ने कुलतका कारणले पनि धेरै मानिसको ज्यान जाने गरेको छ । जापानमा गत वर्ष बीस हजारभन्दा धेरै ब्यक्तिले आत्महत्या गरेका थिए भने बीस जनाभन्दा धेरै नेपालीले पनि अकालमै ज्यान गुमाएका छन, जसमध्ये धेरै अत्महत्याका घट्नाहरु छन ।

अधिकांश नेपालीहरुले स्वास्थ बीमा पनि नगरेको खण्डमा त मृतकको शव नेपाल लैजान पनि निकै मुस्किल हुने तथ्यांकले देखाएको छ । जापानको नेपाली समुदायमा गैरआवासीय नेपाली संघ जापानले स्वास्थ बीमाबारे सचेतना कार्यक्रम गरी मिराइ इन्सुरेन्ससंग सम्झौता गरे पनि प्रभावकारी रुपमा भने यो कार्यकम अगाडी नबढेको मिराइ इन्सुरेन्स कम्पनिले जनाएको छ ।

जापानमा बिशेष गरी कोभिड १९ मा महत्वपूर्ण भूमिका खेलेका एनआरएनए जस्ता सामाजिक संस्थाहरुले सामूहिक जागरण कार्यक्रममा जोड दिनुपर्ने हुन्छ । परिवारमा कोही सदस्यले वा काम गर्ने कर्मचारीले एकोहोरिने जस्ता असामान्य व्यवहार देखाए तत्काल मनोपरामर्श तथा उपचारमा ध्यान दिए आत्महत्याको दर धेरै कम हुने मनोविश्लेषकहरू बताउँछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.