राजनीति
विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा

सरकारले बिहिबार विहान सरकारसंग तीन बुँदे सहमति गरी शान्ति प्रक्रियामा आएको नेकपा विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन गर्दै प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार ‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको र दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौं ।’
बिहिबार भएको सहमतिको विस्तृत विवरण शुक्रबार २ बजे एउटा कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव विप्लवले सार्वजनिक गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया राख्नुहोस्