राजनीति

एमसीसी अनुमोदन भएसंगै गठबन्धन अरु बलियो भयो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी अनुदान सम्झौता अनुमोदन भएसँगै गठबन्धन अरु बलियो भएको बताउनुभएको छ ।

शुक्रबार केन्द्रीय समितिको बैठकलाई ब्रिफिङ गर्दै अध्यक्ष दाहालले बिहीबार सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठक बसेको र बैठकमा एमसीसी सम्झौता अनुमोदनको समीक्षा गरिएको जानकारी दिंदै स्थानीय निर्वाचनमा गठबन्धनका दल मिलेर जाने वातावरण बनेको पनि बताउनुभयो ।

उहाँले एमसीसी नेपालको क्रान्ति, शान्ति प्रक्रियाको भविष्यसंग पनि जाडिएको बताउँदै एमसीसी अनुमोदन नगरेको भए सशस्त्र जनयुद्धका बेला लागेका मुद्दाहरु व्युँतिने खतरा रहेको पनि जानकारी दिनुभएको थियो ।

एमसीसी सम्झौता अनुमोदनपछि पार्टीभित्र मतभेद चुलिएपछि माओवादी केन्द्रले शुक्रबार केन्द्रीय समितिको बैठक बोलाएको हो । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने विषयमा नेता नारायणकाजी श्रेष्ठ र उनी पक्षधर नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.