जन सरोकार

पोस्टमार्टम रिपाेर्टबाट शालिनको बलात्कार नभएको पुष्टि,  मृत्युको कारण ‘ह्याङ्गिङ’

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्टमा मृत्युको कारण बलात्कार नभई ‘ह्याङ्गिङ’ रहेको उल्लेख गरिएको छ  ।

शालिन मृत्यु प्रकरण

आइतबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदनमा चिकित्सकहरुले तयार गरेका रिपोर्टमा बलात्कार गरेको नदेखिएको हो ।  पोस्टमार्टममा संलग्न एक जना चिकित्सकले भने, ‘बलात्कार पुष्टि भएन ।’ १४ वर्षीया पोखरेलको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) रहेको पोष्टमार्टमाबाट खुलेको छ ।

उनको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टमा लेखिएको छ, ‘ह्याङ्गिङ (झुन्डिएर)।’ अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय चितवनका एक जना अधिकृत भन्छन्, ‘खुट्टामा कोरिएको चोटपटक देखिएको थियो, सहपाठीहरूले सो चोटपटक केही दिनअघि मेलामा जाँदा कोरिएको बताएका छन् ।

घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.