राजनीति

एमाले, माओवादी, रास्वपासहितका दलहरूबीच मिलेर जाने सहमति

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा)लगायतका दलहरूबीच सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सन्दर्भमा मिलेर जाने सहमति भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यस्तो सहमति भएको हो ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

बैठकले यस विषयमा मिलेर जानुको विकल्प नभएको निष्कर्षका साथ सहमति जुटेको बालुवाटार स्रोतले जनाएको छ  । त्यस्तै बैठकमा नयाँ गठबन्धन गरेर जाने विषयमा पनि सहमति जुटेको स्रोतले बतायो । यस विषयमा थप छलफल गरेर लिखित सहमति नै गर्ने गरी बालुवाटारमा मध्यरातसम्म बसेको बैठकमा सहमति भएको बालुवाटार स्रोतको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित दोस्रो तहका नेताहरू पनि सहभागी थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.