राजनीति

कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने

निवर्तमान सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । सत्ता समीकरण बदलिएपछि प्रधानमन्त्रीले नयाँ मन्त्रिमण्डल बनाउने हुँदा राजीनामा दिन नपर्ने निर्णय कांग्रेसले गरेको हो ।

कानुनमन्त्री गुरुङ

गठबन्धन भत्किएपछि सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकमा सहभागी उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले प्रधानमन्त्रीले नै बाटो फेरेपछि उहाँले नयाँ मन्त्रिपरिषद गठन हुँदा राजीनामा दिन नपर्ने बताउनुभयो ।

बैठकले कांग्रेस अब प्रतिपक्षमा बस्ने र संसदको दह्रोसँग उपयोग गर्ने निर्णय गरेको पनि उहाँले बताउनुभयो । प्रचण्ड नेतृत्वको वर्तमान मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ९ जना सदस्य छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.