राजनीति

मधेश प्रदेशको मुख्यमन्त्री पाए मात्र जनमत सरकारमा जाने

नेकपा एमाले, माओवादी, रास्वपा लगायत दलको नयाँ सत्ता गठबन्धनमा सहभागी हुन सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने शर्त राखेको छ ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन गरेपछि बसेको जनमत पार्टीको सचिवालय बैठकले सो शर्त अघि सारेको हो

बैठकपछि पार्टी सचिव बीपी साहले विगत एक वर्षमा जनमत पार्टीलाई मधेशमा पनि सही मूल्याकंन नभएको र संघमा पनि राम्रो समन्वय नगरिएको बताउँदै संघीय सरकारमा राम्रो मन्त्रालय सहित मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.