जन सरोकार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

देशका विभिन्न स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-११ निमाने बस्ने राम बहादुर बुढाथोकीको घरमा आइतबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, काठपात, भाँडावर्तन, नगद १० हजार रूपैयाँ गरी करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै काठमाडौं महानगरपालिका-७ मित्रपार्कस्थित सडकमा प्रदेश.३-०१-०२३ च ५२०३ नम्बरको कारमा गुडिरहेको अवस्थामा आइतबार साँझ आगलागी हुँदा कारको अगाडिको बम्पर लगायत ईन्जिनको भाग जलेर क्षति भएको छ ।

यसैगरी काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-८ बालुवाखानीमा हाल नम्बर नखुलेको बिग्रेको अवस्थामा राखिएको न्यू बुद्ध प्रकास सेकेन्डरी स्कुलको बसमा आइतबार राति आगलागी हुँदा बस आशिंक रूपमा क्षति भएको छ । यस्तै नवलपरासी पूर्व, देवचुली नगरपालिका-१४ पशुपतीमार्गस्थित सडकमा ग.१ च १७१२ नम्बरको कारमा गुडिरहेको अवस्थामा आइतबार दिउँसो आगलागी हुँदा कारको अगाडिको भाग जलेर क्षति भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.