जन सरोकार

करिब चार किलो गाँजा बरामद

तनहुँ, शुक्लागण्डकी नगरपालिका-५ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो ७ सय ९० ग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

गाँजा

इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ८८१९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसको क्याबिनको सिट मुनि राखेको अवस्थामा उक्त गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले आवश्यक सोधपुछ तथा अनुसन्धानको लागि बसका सह-चालकलाई नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.