जन सरोकार

कोरोनाले फिक्का बनायो रंगीन पर्व होली- सामूहिक रुपमा होली खेल्न निषेध

होली

होली

रंगहरुको पर्व होली विधिवत रुपमा भित्रिएको काठमाडौंमा यसलाई सामूहिक रुपमा खेल्न निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भिड जम्मा भएर होली खेल्न निषेध गर्ने भएको हो ।

त्यसै गरी काठमाडौंमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चितकालसम्मका लागि स्वीकृति नदिने भएको छ ।

जिल्ला सुरक्षा समन्वय समितिको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर यो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार पूर्वस्वीकृति लिइएका कार्यक्रमलाई पनि रद्द गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

उहाँले छिमेकी राष्ट्र चीन हुँदै विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनबाट प्रतिक्रिया व्यक्त भइसकेको र नेपाल सरकारले समेत यसको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेको सन्दर्भमा यो निर्णय भएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.