जल/वातावरण

नछुटाउनुस घरमा अदुवा र जीरा : दैनिक सेवन गर्दा बचिन्छ कोरोनाको संक्रमणबाट

– यादब देवकोटा

विश्वभर त्रासको रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमितहरुका लागि आधुनिक विज्ञानले अहिलेसम्म औषधि पत्ता लगाउन सकेको छैन । यस्तोमा नेपाको घरघरमा पाइने र दैनिक उपयोग हुने अदुवा र जिराको नियमित प्रयोगले कोरोनाबाट बच्न सकिने निष्कर्ष पाका बुद्धिजीवीहरुको छ ।

हुन पनि नेपालको गाउँघरमा कोरोनाकै जस्तो लक्ष्ण देखाउने रुघा, खोकी, स्यास्या हुने समस्या समाधानका लागि अदुवा तथा जीराको प्रयोग हुँदैआएको छ । यी दुबै वस्तु स्वादका लागि मसलाका रुपमा प्रयोग हुने भए पनि यसमा प्रचूर औषधीय गुण पनि रहेको छ । अदुवा र जीराको नियमित सेवनले के फाइदा हुन्छ त ? यसबोमा छोटो जानकारी

अदुवाको फाइदा

अदुवा निकै मसलाका रुपमा प्रयोग हुने भए पनि यसमा जिंगेरोल नामक तत्व हुन्छ जुन शक्तिशाली औषधीय गुणयुक्त तत्व हो । त्यस्तै क्रोमियम, म्याग्नेसियम तथा जिंक लवण पाइन्छ जसले रक्तप्रवाहलाई नियमित र सन्तुलित बनाउँदछ ।

कोरोनाको लक्ष्यण रुघाखोकाकी हा । यसबाट बच्न अदुवाको सेवन राम्रो मानिन्छ मात्र हेन गाउँघरमा बुढापाकाहरु अझै यसको उपयोग गरिरहेका छन् , यदि चिसो तथा रुघाखोकीले सताउँछ भने अदुवा नियमित रुपमा खाने गर्नुपर्दछ ।

छाति तथा करंग दुख्ने समस्यामा पनि अदुवाको सेवन फाइदाजनक हुन्छ । रक्तप्रवाहलाई सन्तुलित बनाउन सहयोग गर्दछ । त्यस्तै अदुवाको नियमित सेवनले रगतमा सुगरको मात्रा नियन्त्रण गरिदिन्छ । साथै यसले रगतमा कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्दछ । जसका कारण मुटुरोगको जोखिम पनि कम हुन्छ ।

जीराको फाइदा

जीरा पनि एक मसला नै हो तर यसमा बहुऔषधीय गुण हुन्छ । यसको सेवनले भोक नलाग्ने, पेट फुल्ने, अपच हुने, हाछ्यूँ लाग्ने समस्यालाई रोक्ने काम गर्छ । भोक नलाग्ने, पेट फुल्ने तथा अपच आदिको समाधानको लागि जीरा राम्रो मानिन्छ । अझ भुटेको जीरालाइ लगातार सुँघ्ने गर्नाले चिसोले गर्दा लागेको हाछ्यूँ पनि बन्द हुने गर्छ । यसले गर्भाशयको सफाइ अनि एसिडिटी परै राख्न मद्दत गर्छ ।

यति मात्र हैन– एन्टिओक्सीडन्ट्स भएकाले क्यान्सरसँग लड्न समेत मद्दत गर्छ ।

अदुवा र जीरा दुबै रुघाखोकीका लागि औषधिका रुपमा प्रयोग हुँदैआएको छ । त्यसैले मसलाका रुपमा मात्र नभै जिराको गेडा र अदुवाको टुक्रालाई पकाएर त्यसको रस खानाले कोरोनाको लक्ष्यणका रुपमा देखापर्ने रोग लाग्न पाउँदैन । यो एक प्रभावकारी घरेलु उपचारबिधि हो ।

अदुवा र जीराको यही गुण थाहा पाएका सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघले पनि यी दुई बस्तु नियमित घरमा राख्न र सेवन गर्न आव्हान गर्यो ।

विश्वव्यापी सङ्क्रमण भइरहेको कोरना भाइरसबाट बच्न अभिभावक, शिक्षक र विद्यार्थीलाई सार्वजनिक सूचना प्रवाह आरम्भ गरेको छ । भाइरसको सम्भावित जोखिमबाट घर र विद्यालयमा शिक्षक, बालबालिकालाई बच्न, बचाउन आव्हान गर्दै महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले जारी गरेको विज्ञप्तिमा भिक्स, अदुवा र जीराको दाना घरमा राखेर परेको खण्डमा दैनिक सेवन गर्न तथा स्प्रिड, डिटोल र साबुनपानीले हात सफा गर्ने बानी बसाल्न पनि आग्रह गरिएको छ ।

भाइरसबाट बच्न मानसिकरुपमा सन्त्रासमा नपर्न र प्रतीरक्षाप्रति विश्वास जगाउन, हात नमिलाउन र अङ्कमाल नगर्न, नियमित रुघाखोकीका लागि प्रयोग हुने सिटामोल र डिकोल्ड, साइनेक्सजस्ता औषधि घर र विद्यालयमा राख्न आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.