प्रबास

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको समुदी छालले बगाएर मृत्यु

अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको समुद्रमा पौडी खेल्ने क्रममा मृत्यु भएको छ । पोखरा स्थायी घर भएका निकित श्रेष्ठको बुधबार दिउँसो क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर ज्यान गएको हो ।

पौडी खेल्ने क्रममा निकेसलाई छालले बगाएको थियो । छालमा बगेर बेपत्ता भएपछि उनीसँगै पौडी खेलिरहेका साथीहरूले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए । उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा निकेसको शव भटिएका थियो ।

निकेस फेडेरेसन युनिभर्सिटीमा अध्यनरत थिए । उनी चार जना साथीसँग पौडी खेल्न समुद्रमा पुगेका थिए । अहिले उनको शव ब्रिजवेनको कुपर प्लेनस्थित शवगृहमा राखिएको र नेपाल पठाउने तयारी भैरहेको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.