जन सरोकार

बर्दियामा भरुवा बन्दुकसहित एक जना पक्राउ

बर्दियामा भरुवा बन्दुक र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–९ टपरी गाउँका ५७ वर्षीय दीपबहादुर खड्काले माछापोखरीको किनारामा रहेको सानो झुपडी घरमा लुकाइछिपाई भरुवा बन्दुक र गोली राखेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गुलरियाले छापा मारेको थियो ।

छापा मार्दा खड्कासहित भरुवा बन्दुक दुई थान, बन्दुकमा लाग्ने गोली १९ थान, केप १७ थान, बारुदको डिब्बा दुई र फलामको बेरिङको डिब्बा एक थान प्रहरीले बरामद गरेको छ ।

प्रहरीले खड्कालाई पक्राउ गरी हातहतियार तथा खरखजना मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.