अर्थ
तीन दिनमा तीन हजार छ सयले घट्यो प्रतितोला सुनको मूल्य

विगत तीनदेखियता नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । बुधबार, बिहिबार र आज शुक्रबार तीन दिनमा तोलामा ३६ सय रुपैयाँ मूल्य घटेको छ । बुधबार १७ सय, बिहिबार १ हजार र आज शुक्रबार ९ सय रुपैयाँ घटेको छ ।
शुक्रबार तोलामा रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । बिहीबार तोलामा रु ८६ हजार ५०० मा कारोवार भएको थियो । यसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो ।
यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । तोलामा रु एक हजार २८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५० मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्