राजनीति

‘सुखानी स्मृति दिवस’मा जोडिएको सरकार र विप्लवको साइनो

४८ वर्षअघि झापाको सुखानी जंगलमा झापा विद्रोहका पाँचजना राजनीतिकर्मीहरुले हाँसीहाँसी प्राण समर्पण गरेको दिन नेपाली राजनीतिमा अर्को संयोग जुरेको छ । २०२८ सालबाट सुरु भएको झापा विद्रोहका क्रममा २०२९ साल फागुन २१ गते पक्राउ परेको पाँचजना योद्धाहरुलाई जेलसार्ने निहुँमा सुखानी जंगलमा हत्या गरिएको थियो ।

हरेक वर्ष फागुन २१ गते कम्युनिष्ट पार्टीहरुले सुखानी स्मृति दिवस मनाउने गर्दछन् र यही दिन हिंसात्मक गतिविधि गरिरहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र सरकारबीचच राष्ट्रिय सभागृहमा आयोजिनत एक विशेष समारोहमा तीन बुँदे सहमतिमा हस्ताक्षर भयो ।

समारोेहलाई सम्बोधन गर्ने क्रममा नेकपा महासचिव चन्दले झापा विद्रोहको स्मृति दिवसका दिन सरकार र पार्टीबीच भएको सहमति ऐतिहासिक भएको र शान्तिपूर्ण गतिविधिबाट मुलुक र जनताको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

महाचिव चन्दले भन्नुभयो हामीले जनताको समस्या बुझेका छौं, जनताको आकांक्षा पूरा गर्ने अभिभारामा कहिल्यै पछाडि पर्दैनौं । २०२८ सालदेखि देश र जनताको मुक्तिका लागि ज्यान समर्पण गरेका सम्पूर्ण शहीदहरुप्रति सम्मान गर्दै चन्दले देशको स्वाभिमान, विकास र राष्ट्रिय स्वाधीनताको पक्षमा लागिपर्ने प्रतिबद्धता जनाउँदै न्यायपूर्ण समाज स्थापित गर्ने आफूहरुको उद्देश्यमा कुनै तलमाथी नभएको बताउनुभयो ।

आफूहरु देश र जनताको पक्षमा लागिपर्ने र आजको समयसम्म आइपुग्दा सरकारसंग भएको तीन बुँदे सहमति कार्यान्वयनमा पूर्ण प्रतिबद्ध रहेको बताउँदै यसलाई कसैले कुतर्क गर्न जरुरी नरहेको बताउनुभयो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका संयोजक खड्गबहादृर विश्वकर्मा प्रकाण्डले बिहिबार भएको सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.