राजनीति

संसदीय दलको नेता चुनिएपछि प्रचण्डको प्रतिक्रिया- राजीनामा दिए देश र ओली दुबैलाई सहज"

पुष्पकमल दाहाल

पुष्पकमल दाहाल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि सक्रिय रहेको एउटा समूह प्रचण्ड-नेपाल नेतृत्वको नेकपा संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ ।

शुक्रबार सिंहदरबारमका भएको संसदीय दलको बैठकपछि नेता चुनिएपछि अध्यक्ष प्रचण्डले आफू बहुमत प्राप्त सांसदहरुको नेता रहेको र विधानअनुसार वैज्ञानिक तरिकाले अगाडि बढेका बताउनुभयो ।

बैठकपछि उहाँले भन्नुभयो ‘अत्याधिक बहुमत साथीहरूको साथमा म दलको नेता बनेको छु, हामी विधान अनुसार बैठक बोलाउन आव्हान गरेर वैज्ञानिक तरिकाले हामीले बैठक गरेका हौ । हामी संविधान र प्रक्रिया अनुसार नै जान्छौं र पर्‍यो भने अविश्वासको प्रस्ताव पनि लैजान्छौं ।’

अध्यक्ष प्रचण्डले निकै जटिल परिस्थिति रहेको भन्दै आफू तत्काल प्रधानमन्त्रीको उम्मेद्वार नभएको भन्दै सबैसँग सल्लाह गरेर अगाडि जाने बताउँदै आउने दिन सहज बनाउने भए केपी ओलीले संसद् पुनःस्थापना भइसकेपछि राजीनामा दिनुपर्ने थियो भन्नुभयो ।

उहाँले भन्नुभयो १ सय १५ जनाको हस्ताक्षरसहितको बहुमतले दलको नेता मलाई निर्वाचित गरिसकेपछि अविलम्ब राजीनामा दिनु ओली र देशको लागि सहज हुन्छ हुने बताउँदै नभए प्रक्रियामार्फत अघि बढ्ने र अविश्वास प्रस्ताव ल्याउन ओलीले नै बाध्य पारेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.