सूचना/प्रविधि

१६ युट्‍युव च्यानललाई कारबाही गर्न साइबर ब्‍यूरोमा सिफारिश

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीत समाचार तथा दृश्य सम्प्रेषण गर्ने १६ वटा युट्‍युव च्यानलाई अनुसन्धान गरी कारबाहीका गर्न प्रहरी साइबर ब्‍यूरोमा सिफारिस गरेको छ ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि मिडिया अन्तर्गत आवद्ध नभएका १६ वटा च्याननलाई कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्‍यूरोमा सिफारिस गर्नुभएको हो ।

विज्ञप्तिमा हालसम्‍म विभिन्‍न सञ्चारमाध्‍यमबाट सम्प्रेषित सामग्री अध्‍ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्‍यक्ति तथा पीडितहरुको पक्ष विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा सत्‍यतथ्य छानबिनलगायत समग्र न्‍यायिक प्रक्रियामा असर पर्न जाने, पीडित व्‍यक्तिलाई नकारात्मक असर पर्ने थप पीडा हुने देखिएको उल्लेख छ ।

यस्ता कार्यबाट पत्रकार आचार संहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ५(११), ५(४) र ४(९)को ठाडो उल्लंघन भएको जनाउँदै अनुसन्धान गरी कारबाही गर्न सिफारिश भएको हो ।

यसबीच नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी शान्ति खल्बल्याउने तथा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्तिमाथि कारवाही गर्ने जनाएको छ ।

ब्यूरोले एक सूचना जारी गरी विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको प्रयोग गरी युट्युव, टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक एवं झुटा क्याप्सन राखी भिडियो तथा तस्वीरहरू अपलोड गरेको भन्दै त्यस्ता व्यक्तिमाथि कारवाही गर्ने चेतावनी दिएको हो । उनीहरूले गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने गरी गतिवधि गरेको ब्यूरोले जनाएको छ ।

समाजमा उत्तेजना फैलाउने, सामाजिक सद्भाव खल्बल्याउने र पीडितको गोपनीयताको हकको हनन् गरी सामाजिक तथा मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पु¥याउने किसिमका गतिविधि देखिएको ब्यूरोको सूचनामा उल्लेख छ ।

सूचनामा त्यस्ता क्रियाकलाप विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी दिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.