जन सरोकार

प्रहरीको कुटपिटबाट व्यापारीको मृत्यु, सुर्खेतमा तनाव

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एक व्यापारीको मृत्युपछि तनाबभएको छ । प्रहरी नियन्त्रणमा परेका व्यापारी मिनी हमालको मृत्यु भएपछि आफन्त र स्थानीयले तोडफोड र आगजनी गरेका छन् ।

हमाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीमाथी कुटपिट गरेपछि घाइते भएपछि अस्पताल पुर्याउँदा मृत घोषित भएका थिए । सुर्खेत अस्पतालले पनि अस्पताल पुर्याउँदा हमालको मृत्यु भइसकेको जनाएको छ ।

२० फागुनको राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिकाका ३४ वर्षीय मिनी हमालसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुले मदिरा सेवन गरेको र प्रहरीले नियन्त्रणका क्रममा बल प्रयोग गरेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले घटनाको छानविनका लागि प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरिएको जनाएको छ ।

३ दिनभित्र छानविन गरी प्रतिवेदन पेश गर्ने भन्दै शान्तिसुरक्षाका लागि अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले २१ फागुनको विहान सवा १० बजे कृष्ण हमालको मृत्यु भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.