विश्व समाचार

भारतमा पनि फैलिंदै कोरोना : ३० जनामा सङ्क्रमणको पुष्टि

नेपालको उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस दक्षिण छिमेकी मुलुक भारतमा पनि फैलन थालेको छ । बिहिबार साँझसम्म भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३० पुगेको छ ।

प्राप्त पछिल्लो सूचना अनुसार भाइरसबाट सङ्क्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।यसअघि बिहीबार नै संघीय स्वास्थ्यमन्त्री डा. हर्षबर्धनले यही मार्च ४ देखि अहिलेसम्म २९ जना सङ्क्रमित भएको बताउनुभएको थियो । राज्यसभामा बोल्दै उहाँले भन्नुभयो, “देशभर यही मार्च ४ देअि अहिलेसम्ममा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या २९ पुगेको छ ।”

उहाँले आफू र आफ्नो टोलीले कोरोना भाइरस फैलिएको अवस्थाको अनुगमन र मूल्याङ्कन गर्दै समीक्षा र विश्लेषण गरिरहेको पनि जानकारी दिनुभयो ।कोरोनाको सङ्क्रमण देशभित्र प्रवेश गर्न नदिन सरकारको तर्फबाट गत जनवरी १७ देखि नै विभिन्न प्रयासहरू गरिरहेको मन्त्री बर्धनले बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनको सुझाब र आग्रह अगाडि नै आफूहरूले सावधानीस्वरूप काम थालिसकेको दावी उहाँले गर्नुभयो । उहाँले सरकारका तर्फबाट गम्भीरतापूर्वक काम भइरहेको पनि दावी गर्नुभयो । देशका उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाललगायतका नाकाहरूमा विशेष टोलीद्वारा अनुगमन नियन्त्रण र व्यवस्थापनको काम गरिएको उहाँले सदनलाई जानकारी दिनुभयो ।

कोरोनाका कारण बिहीबारसम्म संसारभर तीनहजार २०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.