जल/वातावरण

टेकु अस्पतालबाट भागेर धरान पुगेका व्यक्ति विपी कोइराला अस्पतालको आइसोलेसनमा भर्ना

दक्षिण कोरियाबाट फर्केका एक व्यक्तिमा कोरोनाको आशंकापछि टेकु अस्पतालको आइसोलेसनमा राखिएकोमा उनी सो वार्डबाट भागेबम थिए ।

अस्पतालबाट भागेका उनको खोजी गर्दा धरानमा रहेको पाइएपछि अहिले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन् ।

उनी अस्पतालबाट भागेपछि अस्पतालले प्रहरीलाई खबर गर्यो । प्रहरीले खोजी गर्दा उनलाई धरानस्थित आफ्नै घरमा रहेको जानकारी पायो । प्रहरीले उनलाई पत्ताा लगाएर विपी कोइराला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको बताएको छ ।

त्यसो त उनको जाँच गर्दा उहाँमा ज्वरो, रुघाखोकी केही समस्या नदेखिए पनि चिकित्सकले टेकुमा आइसोलेसनमा राखेकाले यहाँ पनि आइसोलेसनमै भर्ना गर्ने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.