जन सरोकार

आचरण बदल्न सके मात्र भ्रष्टाचार निर्मूल हुने

मुलुकबाट भ्रष्टाचार न्यूनीकरण गर्न आचरण बदल्नु पर्ने सुझाव दिइएको छ । तीन तहका सरकारमा सामेल सबै तह र तप्काका कर्मचारी, जनप्रतिनिधि तथा विकास निर्माणका लागि बनाइने उपभोक्ता समितिका पदाधिकारीले राष्ट्रलाई बलियो बनाउन भ्रष्टाचार जस्ता कार्यबाट टाढा रहनु पर्नेमा सहभागीहरूले जोड दिएका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रदेश १ कार्यालय इटहरीद्वारा आयोजित मोरङ जिल्लास्तरीय ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सो सो सुझाव दिएका हुन् ।

सहभागीका तर्फबाट भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष दिनेश श्रेष्ठ, सोही संस्थामा आवद्ध उत्तम ढुङ्गाना र वसन्त अधिकारीले भ्रष्टाचारले समाजलाई नकारात्मक दिशातर्फ धकेल्ने भएकाले यसमा सबै सरोकारवालाले विचार पु¥याउनु पर्ने धारणा राख्नुभयो । सहभागीकै तर्फबाट पत्रकार श्यामसुन्दर सुतियारले आम नागरिकले सेवा लिने कुनै पनि निकायमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिले जनतालाई शिरोधार्य मानेर काम गर्नु पर्ने सुझाव दिनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भ्रष्टाचारका विषयमा आफूले शून्य सहनशीलता अपनाएको र कसैले पनि भ्रष्टाचार गरेको पाइएमा कारवाही गर्ने दृढता व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचारमा मुछिएका मानिसलाई कारवाही गरेको दृष्टान्त दिँदै जनप्रतिनिधिको हैसियतले जनताका सेवा तत्पर रहेको र आयोगले जारी गरेको ६१ बँुदे निर्देशन पालना गर्न प्रतिबद्ध रहेकोमा जोड दिनुभयो ।

आयोग केन्द्रीय कार्यालयका सचिव तोयम रायले भ्रष्टाचार एक रोग हो यसलाई निर्मूल पार्न स्वयं नागरिकले पवित्र मन र बचनले काम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले विश्वका धेरै देशमा भ्रष्टाचार भइरहेको छ र अहिले नेपालमा भ्रष्टाचारले जडा गाडेको अवस्थामा यसबाट छुटकारा पाउन सबैले सुशासन र उत्तरदायित्वलाई बोध गर्नु पर्ने विचार राख्नुभयो । उहाँले मोरङमा यसवर्ष कूल भ्रष्टाचार सम्बन्धमा १९७ वटा उजुरी परेको जानकारी दिँदै यी सबै मुद्दालाई किनारा लगाउन अख्तियारले मागेको जवाफ सम्बन्धित निकायले समयमै दिएमा मुद्दा फछ्र्यौट गर्न सजिलो हुने धारणा राख्नुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कर्मचारीले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई कर्तव्यनिष्ठ भएर पालना गर्नु पर्ने धारणा राख्नुभयो । जिल्लास्थित सबै कार्यालयका प्रमुख, प्रशासकीय अधिकृत र जनप्रतिनिधि सम्मिलित सो कार्यक्रममा आयोग इटहरीका प्रमुख बाबुराम खतिवडाले सुशासन र उजुरी सम्बन्धमा तथा उपसचिव पुरुषोत्तम ढकालले भ्रष्टाचार नियन्त्रणमा अख्तियारको भूमिका विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.