राजनीति

“ओलीको वितण्डा रोक्न संसद भंग गर्नुपर्ने भो”- नेपाल

संसद भंगको विपक्षमा उभिएर अहिले गठबन्धन सरकारमा रहनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले संसद चल्न नदिए भंग गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको संसदमा वितण्डा मच्चाएकाले यसको सामना गर्न पनि संसद भंग गर्नुपर्ने बताउनुभएको हो ।

केही दिनअघि सत्तारुढ गठबन्धनको बैठकमा पनि संसद विघटन गरेर अर्लि इलेक्सनमा जाने विषयमा छलफल भएको थियो र यसलाई नेता नेपालले त्यो स्वाभाविक भएको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले संसद चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने हो भने त्यो भन्दा पहिले नै संसदले नै केपी ओलीको वितण्डाको सामना गर्नलाई भंग गरिदिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ ।

२३ भदौदेखि नेकपा एमालेले संसद बैठकमा निरन्तर अवरोध गर्दै आएको छ । माधव नेपालसहितका सांसदलाई पार्टीले निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको विषय उठाएर एमालेले संसद अवरोध गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.