राजनीति

तीन दलका मन्त्रीहरुले शपथ लिंदै (मन्त्रीहरुको सूचीसहित)

नयाँ गठबन्धनबाट बनेको सरकारका थप मन्त्रीहरुले बुधबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गराउने कार्यक्रम तय भएको छ ।

सत्ता साझेदार तीन नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मन्त्रालयको भागवण्डामा सहमति भएसंगै मन्त्रीहरुको शपथग्रहण कार्यक्रम तय भएको हो ।

नवगठित मन्त्रिमण्डलमा नेकपा (एमाले)बाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको शपथ लिनुहुनेछ ।

यसै गरी ज्वालाकुमारी साह कृषि तथा पशुपंक्षी विकास, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक र राजेन्द्र राई खानेपानी बन्ने गरी कार्यविभाजन भएको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र)बाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवं परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जलस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्नुहुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सभापति रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने टुंगो लागेको छ ।

यसअघि गत सोमबार नेकपा एमाले, माओवादी केन्द्र र रास्वपाबाट क्रमशः पदम गिरी, हितबहादुर तामाङ र डोलप्रसाद अर्यालले विनाविभागीय मन्त्रीको शपथ लिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.