जल/वातावरण

महामारीबाट डराउनुको साटो व्यवस्थपनको उपाय खोज्न सुझाव

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना भाइरसको महामारीबाट डराउनेभन्दा पनि त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेतिर बढी ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ ।

कामपाले आयोजना गरेको कोरोना र डेङ्गु रोगको महामारीसम्बन्धी बृहत् जनचेतना कार्यक्रममा प्रमुख शाक्यले समस्याको सहज समाधान गर्नेतिर लाग्नका लागि सबैलाई आग्रह गर्नुभयो ।

कोरोना भाइरसबारे सामाजिक सञ्जाल र केही मिडियामा आएका अनावश्यक हल्लाले बढी सन्त्रास फैलिएको र सही सूचना प्रवाह हुन नसक्दा आम नगरिकमा डर पैदा भएकाले बुझेर मात्र सूचना प्रवाह गर्न पनि प्रमुख शाक्यले सबैलाई आग्रह गर्नुभयो ।

प्रमुख शाक्यले कामपाले ३२ वटै वडामा अब जनचेतनामूलक अभियान सञ्चालनको शुरुआत गरेको जानकारी दिँदै सबै मिलेर यस्ता महामारीबाट कसरी बच्ने र व्यवस्थापन गर्ने भन्नेमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले गर्मी बढ्दै गएपछि अब विस्तारै डेङ्गुको समेत महामारी बढ्न सक्ने भन्दै त्यसमा पनि सचेत रहन आग्रह गर्नुभयो ।

कामपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले शहरी स्वास्थ्य क्लिनिकले दिने सेवालाई थप विस्तार गर्दै थप सेवा दिने कुरामा महानगर लागिपर्ने बताउनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले कोरोनाबारे सरकारले उच्च सतर्कता देखाएको भन्दै अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले अहिलेसम्म ५०० को र्‍याल परीक्षण गर्दा एक जनाको पोजेटिभ देखिएको र ती बिरामीसमेत अहिले ठिक भएको भन्दै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.