जन सरोकार

मेलम्चीको पानी काठमाडौं झार्ने भट्टराईको सपना ओलीद्वारा साकार

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा सुरु भएको काठमाडौं उपत्यकाको खानेपानी समस्या समाधानका लागि मेलम्चीका पानी काठमाडौं झार्ने योजनाको एउटा चरण आज सकिएको छ । शनिबार मेलम्चीको पानी सुरुङबाट काठमाडौंको सुन्दरीजलस्थित बाग्मती नदीमा खसालियो ।

इएको मेलम्चीको पानी २६.५ किमी सुरुङबाट परीक्षण भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा पानी झरेको छ । परीक्षणका क्रममा मेलम्चीबाट पानी छाडिएको झण्डै दुई हप्तापछि प्रधामन्त्री केपी शर्मा आलीले सुन्दरीजलस्थित सुरुङको स्वीप अन गरेर पानी खसाल्नुभको हो ।

उपत्यकावासीको प्यास मेटाउन बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको पानी सुन्दरीजलमा आएपछि प्रधानमन्त्री ओलीले स्वीच दबाएर परीक्षण गरिएको पानी बागमतीमा झार्ने कामको सुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले लामो सपना पुरा भएको भन्दै अबको केही दिनमा घरघरमा पानी आउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘काठमाडौंबासीका लागि एउटा ग्यारेन्टी भयो, काठमाडौंमा पानी झर्‍यो । केही दिनमा वितरण हुने भयो ।’

मेलम्ची खानेपानी आयोजनाको कुरा चल्दा आफ्नो कपाल कालै रहेको, तर काम सम्पन्न हुँदा कतै कालो बाँकी नरहेको चर्चा गर्दै उहाँले भन्नुभयो ‘यो खुसीको दिन हो । जतिबेर पायो, त्यतिबेर लड्डु खाने होइन । यस्तो बेलामा खाने हो ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.