राजनीति

मानवअधिकार तथा शान्ति समाजको सभापतिमा खनाल निर्विरोध

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन २१ र २२ गते पोखरामा सम्पन्न २३ औँ राष्ट्रिय परिषद् बैठकबाट खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयनभएको हो ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यको निर्वाचनमा वरिष्ठ उपसभापतिमा दाङका सुशील बस्नेत, उपसभापति महिलातर्फ रत्नलक्ष्मी श्रेष्ठ, उपसभापतिमा पाल्पाका कृष्णबहादुर रावल, महासचिवमा काठमाडौँका रामकृष्ण बराल र कोषाध्यक्षमा काठमाडौंकै जगन्नाथ पुडासैनी निर्वाचित हुनुभएको पूर्वअध्यक्ष उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

यसै गरी प्रदेश १ सचिवमा विकास थापा, प्रदेश २ सचिवमा अमरबहादुर गौतम, वाग्मती प्रदेश सचिवमा बाबुहरि आचार्य, गण्डकी प्रदेश सचिवमा धीरज थापा, लुम्बिनी प्रदेश सचिवमा मीना ढकाल, कर्णाली प्रदेश सचिवमा पुष्पा मल्ल, सुदुरपश्चिम प्रदेश सचिवमा मदनबहादुर कुँवर, सचिव आदिवासी÷जनजाति रामप्रसाद जोशी, सचिव मधेशीमा बन्दना सिंह, सचिव दलितमा निर्मल नेपाली र सचिव महिलातर्फ नम्रता खरेल निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै चार महिला सदस्यमा निर्मला सुवेदी, सरस्वती नेपाली, सुमित्रा बञ्जारा, सरस्वती ढकाल र सदस्य खुलातर्फ छ पदका लागि लक्ष्मीनारायण मिश्र, चन्द्रमणी बञ्जारा, माधवप्रसाद गौतम, विष्णु भुसाल, सन्तोष रौनियार र दिलबहादुर कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.