राजनीति

सडकबाटै भए पनि संसद पुनःस्थापित गर्छौं भन्नेहरुले पहिलो बैठक नै वहिस्कार गरे

प्रतिनिधिसभा पुनःस्थापना नभए सडकबाटै पुनःस्थापना गर्ने हुँकार गरेको नेकपाको प्रचण्डनेपाल समूहले पुनःस्थापित संसदको पहलिो बैठक वहिस्कार गरेको छ । त्यसो निर्धाति समयमा बैठक सुरु नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि केही समय बैठक कक्षमा बसेर बाहिरिनुभयो ।

सर्वोच्च अदालतले संसद्‌ पुनर्स्थापित गरेसँगै सरकारले वैधानिकता गुमाएकाले पहिलो बैठकमा अध्यादेश सहितका कार्यसूची हटाउन माग गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरू पेश गर्नुपर्ने कानुनी बाध्यता रहेको उल्लेख गरेपछि सो समूहका सांसदहरू बैठक भवनबाट बाहिरिएका थिए ।

त्यसअघि सभामुखले मन्त्रिपरिषद् विस्तार गरिएको व्यहोराको राष्ट्रपतिको कार्यलयको पत्र पढेर सुनाउन लाग्दा प्रचण्ड नेपाल समूहका नेताहरूले उठेर आपत्ति जनाएका थिए ।

त्यसको केही बेरपछि नेपाली काँग्रेसका सांसदहरूले संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश फिर्ता गर्नुपर्ने माग गर्दै नाराबाजी गरेपछि सभामुखले १० मिनेटका लागि संसद्‌ बैठक स्थगित गर्नुभयो ।

त्यसो त सर्वोच्च अदालतको फैसलाले सत्तारूढ दल नेकपा एकीकरणपूर्वको अवस्थामा पुगेको आइतवार नेपाल कम्युनिस्ट पार्टीको नामसम्बन्धी विवादमा फैसला सुनाउँदै सर्वोच्च अदालतले ऋषिराम कट्टेल नेतृत्वको दललाई मान्यता दिंदै उक्त आदेशमा विगतमा निर्वाचन आयोगले गरेको निर्णय बदर भएसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलको अवस्थामा रहेको र अब यी दलले राजनीतिक रूपमा एकीकरण गर्ने भए अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन भनिएको छ ।

संसद बैठक सुरु गर्दै सभामुख अग्नि सापकोटाले अदालतको ऐतिहासिक आदेशबाट पुनर्स्थापित भएको सदनको बैठकमा सबैलाई स्वागत गरेको बताउँदै जनताको सर्वोच्च थलोलाई पुनर्स्थापित गर्ने सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दै उक्त आदेशबाट न्यायालयप्रति भरोसा बढाइको बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.