राजनीति

रावलको प्रश्न- संसद् अवरोध के भयो त अब

सभामुख अग्नि सापकोटाको कार्यशैलीको आलोलचना गर्दै राजीनामा माग गर्दै आधा वर्षदेखि निरन्तर संसद अबरोध गर्दैआएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सभामुखले गठन गरेको महाभियोग सिफारिश समितिमा भने बस्यो ।

जुन पद र पात्रमाथि प्रश्न उठाइएको छ उनैले गठन गरेको समितिमा बस्न एमालेले आफ्ना सांसदहरुको नाम नै सिफारिश गरेर पठाएपछि पार्टीभित्र चर्को अलोचना पनि भएको छ ।

सभामुख सापकोटाले आइतबार प्रतिनिधिसभाको बैठकबाट महाभियोग सिफारिस समिति गठन गर्नुभएको छ । उक्त समितिमा एमालेले उपाध्यक्ष विष्णु पौडेल, सांसदहरू लालबाबु पण्डित, शिवमाया तुम्बाहाङ्फे र कृष्णभक्त पोखरेलको नाम सभामुखकहाँ पठाएको थियो ।

यसबीचमा संसद अवरोधलाई लिएर पार्टीभित्रै प्रश्न उठाउँदै आउनुभएका एमाले नेता डा. भीमबहादुर रावलले महाभियोग सिफारिस समितिमा पार्टी सहभागी हुने निर्णयमाथि प्रश्न उठाउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल ट्विटरमा संसद अबरोध गर्ने तर संसदले गठन गरेको समितिमा बस्ने नीतिले अब संसद अबरोध के भयो भन्दै प्रश्न उठाउनुभएको छ ।

उहाँले लेख्नुभएको छ- “नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित एमसीसी सम्झौताबारे संसद्‌मा बोल्न नहुने तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध महाभियोग सिफारिस समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल हुने कस्तो नीति हो ? कसरी बुझ्ने ? संसद् अवरोध के भयो त अब ?”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.