अर्थ

सुनको मूल्य नयाँ कीर्तिमानतिर, आज एकलाख तीन हजार

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानको नजिक पुगेको छ । आज छापावाल सुनको मूल्य तोलामा एक लाख तीन हजार रुपैयाँ पुगेको छ । आइतबारको तुलनामा तोलामा ११ सयले बढेर सुनको मूल्य हालसम्मकै उच्च मूल्यको कीर्तिमानको नजिक पुगेको हो ।

सुन

यो मूल्य २०७७ साउन २३ गतेयता कै उच्च हो । सो दिन एक लाख ३ हजार पाँच सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।

त्यसै गरी आज तेजावी सुनको मूल्य एक लाख २ हजार पाँच सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ पुगेको छ । आइतबार एक लाख एक हजार चार सयमा तेजावी र एक हजार ४१५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.