राजनीति

युक्रेन समस्यामा रुसी र अमेरिकी साम्राज्यवादको स्वार्थ

नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले रूसले युक्रेनमाथि गरेको आक्रमण दुई साम्राज्यवादीहरुको स्वार्थको परिणाम भएको बताउनुभएको छ ।

रुस–युक्रेन समस्याका विषयमा बसेको पार्टी बैठकले युक्रेनमा त्यस प्रकारको स्थिति पैदा हुनुको कारण रूसी र अमेरिकी साम्राज्यवादबीचको साम्राज्यवादी स्वार्थहरूका कारणले उत्पन्न अन्तर्विरोध भएको निष्कर्ष निकालेको छ ।

साम्राज्यवादबीचका अन्तर्विरोधका कारणले युक्रेनको राष्ट्रियता र सार्वभौमिकता तथा विश्वको नै शान्तिमा ठूलो खतरा पैदा भएको छ । त्यसकारण त्यहा“को त्यस प्रकारको स्थिति युक्रेनको मात्र समस्या नभएर सम्पूर्ण विश्वको नै समस्या भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

मसलले यस अवस्थाकोे अन्त्यका लागि सम्पूर्ण विश्वका शान्तिप्रेमी जनताको ध्यान जानुपर्ने औंल्याउँदै त्यस प्रकारको स्थितिको सामना गर्नका लागि विश्वव्यापी रूपमा नै साम्राज्यवाद र फाँसीवाद विरोधी संयुक्त मोर्चाको आवश्यकता रहेको र मोर्चाको निर्माणका लागि पार्टीले विश्वका क्रान्तिकारी तथा साम्राज्यवाद र फाँसीवाद विरोधी शक्तिहरूसित मिलेर पहलकदमी गरिरहेको छ जनाइएको छ ।

यसै गरी पार्टीले सरकारले एमसीसीको प्रस्तावलाई संसदद्वारा अप्रजातान्त्रिक प्रक्रिया अपनाएर पारित गरेकोमा कडा शब्दमा निन्दा र भ्रत्र्सना गरेको छ ।

एमसीसीबाट नेपालमा दीर्घकालीन प्रकारका दुष्परिणामहरू हुने भएकाले एमसीसीका विरुद्ध लगातार आवाज उठाउनुपर्ने वा आन्दोलन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.