अर्थ

सुनको मूल्यले नयाँ उचाई लियो, प्रतितोला रु एक लाख २५ हजार

नेपाली बजारमा केही दिनयता लगातार बढिरहेको सुनको मूल्यले नयाँ उचाई छोएको छ । बिहिबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार कायम भएको छ ।

यसै गरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजार ५०० ले वृद्धि भई प्रतितोला रु एक लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनसंगै चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला रु ३० ले वृद्धि भई प्रतितोला रु एक हजार ४ सय ७० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.