राजनीति

तीन राप्रपाको एकीकरण हुने भो फागुन २८ गते

मुलुकका ठूला दलहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेर देशलाई वर्वादीको खाडलतिर लगेको निष्कर्षसहित तीनवटा राष्ट्रिय प्रजातन्त्र पार्टी एक हुने भएका छन् । शनिबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले फागुन २८ गते पार्टी एकताको घोषणा गर्ने निर्णय गरेको छ ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र अध्यक्षद्वय पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच पार्टी एकता गर्ने सैदान्तिक सहमति भएको हो । अब बन्ने पार्टीमा थापा, जबरा र लोहनी पार्टी अध्यक्ष हुनेछन् । एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) हुनेछ भने झण्डा र चुनाव चिन्हको टुङ्गो केही समयपछि लगाइने भएको छ ।

पार्टी एकताको सहमतिपछि तीन अध्यक्षद्वारा जारी प्रेस विज्ञप्तिमा देशमा अहिले भ्रष्टाचार, धर्म परिवर्तन, बेरोजगारी समस्या प्रमुख चुनौतीका रुपमा रहेको र प्रमुख ठूला दलहरूले जनतालाई सपना देखाउने, आम जनताका लागि केही नगर्ने तर स्वार्थको लागि भ्रष्टाचारमा चुर्लुम्म डुबेको र प्रमुख प्रतिपक्षी दलसमेत प्रभावविहिन र निरिह रहेकाले जनताले राष्ट्रियता र प्रजातन्त्रको धरातलमा खडा भएको राजनीतिक शक्तिको उपस्थितिलाई जनताले अनिवार्य ठानेकाले पार्टी एकता गर्न लागेको उल्लेख छ।

विज्ञप्तिमा एकिकरण सम्बन्धि आधारपत्र र कार्यविधि निर्धारण गर्न राप्रपाबाट दिपक बोहरा, बुद्धिमान तामाङ र भाष्कर भद्रा र राप्रपा९संयूक्त०बाट बिक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिना सम्मिलित कार्यदल गठन गरिएको जनाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.