राजनीति

नेकपा अध्यक्ष प्रचण्ड रुघाखोकी र ज्वरोका कारण केही दिनदेखि घरमै

पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुघाखोकीका कारण केही दिनदेखि घरमै आराम गरेर बसिरहनुभएको छ । उहाँ प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएकै दिनदेखि घर बाहिर निस्किनुभएको छैन ।

मंगलबार प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न अस्पतालमा आउँदा पनि सामान्य रुघाखोकी लागेको थियो र त्यसको भोलिपल्ट प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको थियो । मिर्गौला पुनः प्रत्यारोपणपछि अधिकांश नेताहरु अस्पताल गए पनि प्रचण्ड भने घरमै आराम गरिरहेको हाँउनको सचिवालयले जनाएको छ ।

रुघाखोकी र सामान्य ज्वरो आएपछि अध्यक्ष प्रचण्डले केही नेताहरुसँग र निकटस्थहरुसँगमात्र भेटघाट गर्नुभएको छ । कोरोना संक्रमणको जोखिमका कारण नेकपाले प्रदेश भेला लगायत पार्टीका सबै कार्यक्रमहरु स्थगित गरेकाले पनि सार्वजनिक कार्यक्रममा जानु नपरेकाले उहाँ आराममा बस्नुभएको हो ।

प्रचण्ड निकट एक नेताका अनुसार उहाँ विरामी परेर सुत्नुनै भएको चाहिँ होइन तर अहिले सार्वजनिक कार्यक्रमहरु पनि नभएका र पार्टीका भेलाहरु पनि स्थगित गरिएकाले आराम गर्ने मौका मिलेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.