राजनीति

प्रचण्डतिर गएका नेताहरु एमाले ब्यूँतिएपछि राजनीतिक भविष्यको खोजीमा

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको नाममा रहेको र अस्तित्वमा रहेको नेकपा वैधानिक नरहेकाले पार्टी एकीकरण गर्ने भए तत्काल निर्वाचन आयोग जानु भन्दै नेकपा एमाले र माओवादी केन्द्रलाई कायम गरिदिएपछि नेकपाबाट विभाजित भएर प्रचण्ड खेमामा लागेका एमालेका नेताहरु आफ्ना राजनीतिक भविष्यलाई लिएर चिन्ता व्यक्त गर्न थालेका छन् ।

त्यसै गरी संसद विघटनको पक्षमा रहेर प्रधानमन्त्री ओलीलाई साथ दिएका पूर्व माओवादी केन्द्रका नेताहरुलाई पनि पर्नुसम्म सकस परेको छ । यदि पार्टी परित्याग गरेर सांसद पद समेत जाने हुँदा दुबै खेमामा रहेका दुबै दलका नेताहरुका लागि अहिलेको परिस्थिति अस्तित्वरक्षा कसरी गर्ने भन्नेमा केन्द्रित रहेको छ ।

सर्वोच्च अदालतले आफूहरुको आन्दोलनकै बलमा विघटिन प्रतिनिधिसभा पुनःस्थापित गरिएको आत्मविश्वासका साथ निर्वाचन आयोगबाट पनि नेकपाको आधिकारिकता आफूहरुले नै पाउने विश्वासमा रहे पनि सर्वोच्च अदालतले नेकपाको अस्तित्व नरहेर एकता अघिको स्थितिमा पुर्याएपछि एमालेका ओली बिरोधी नेताहरुले अनपेक्षित अवस्थाको सामना गर्नु परिरहेको छ । त्यसो त सर्वोच्च अदालतको फैसला पुनरावलोकनमा जाने बाटो खुला छ तर यसबाट पनि नतिजा आफ्नो पक्षमा आउँछ भन्न सकिदैन ।

यसको असर सबैभन्दा बढी प्रचण्डको साथमा लागेर केपी ओलीको बिरुद्ध मोर्चा कस्नुभएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल तथा प्रभावशाली नेता भीम रावल लगायतका नेताहरुलाई परेको छ । माधवकुमार नेपाल आफू निकट नेताहरुसंग प्रचण्डको पछाडी लाग्दा बर्वाद भएको र आफ्नो राजनीतिक जिवन नै सक्किएको भन्दै गुनासो पोख्न थाल्नु भएको समाचार आएको छ ।

एकाएक अनपेक्षित राजनीतिक परिस्थिति उत्पन्न भएर नेकपा नै अस्तित्वमै नरहेपछि के गर्ने कसो गर्ने स्थितिमा रहेको माधव नेपाल समूह अब आफ्नो अस्तित्वरक्षाकै लागि भए पनि एनेकपा (एमाले)मै रहेर ओलीबिरुद्ध संघर्ष गर्ने मनस्थितिमा पुगेको विश्वस्त सूत्रहरुले बताएको छ ।

यतिबेला नेकपा प्रचण्ड नेपाल समूहको कार्यालय बनेको माओवादी केन्द्रको मुख्यालय पेरिस डाँडामा स्थायी कमिटी बैठक चलिरहेको रसो स्थायी कमिटी बैठक नेकपाको विदाइ बैठक पनि हुन सक्छ भन्दै एक नेताले नेपाल समूहका एकजना सांसद तथा केन्द्रीय सदस्यका अनुसार आफूहरू नेकपा (एमालेंमै रहेर प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध लड्ने मनस्थितिमा रहेको जानकारी दिएका छन् ।

यसअघि नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले बानेश्वरको होटल अर्यालमा छलफल गरेका थिए । ती केन्द्रीय सदस्यका अनुसार एमालेमै रहेर पनि ओलीसँग लड्न नेपाल समूह सक्षम रहेको छ ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले)का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूको दाबी छ । त्यस्तै नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा पनि नेपाल समूह झन्डै बराबरीको हैसियतमा छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.