राजनीति

प्रधानमन्त्रीको कटाक्ष- मेरो पार्टीको टुंगो अदालतले लगाइदियो, तपाईहरु चाहिं कुन पार्टीको ?

सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह वा प्रचण्ड नेपाल समूह दुबैको नभएर ऋषि कट्टेलको भएको र यी दुबै समूह पूर्ववत अवस्था अर्थात् एकता अघिको अस्तित्वमा रहेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको भन्ने प्रष्ट भएको र मैले उहाँहरुलाई कुन पार्टीको भनेर सोध्न नपरोस् भन्दै चुनौति दिनुभएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला मन्त्रालयले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले केही समयअघि नेकपा नेता भीम रावलले गरेको प्रश्नप्रति कटाक्ष गर्दै भन्नुभयो, ‘हिजो उहाँहरूले प्रधानमन्त्रीको कुन पार्टी हो भनेर सोध्नुभयो । मैले उहाँहरूलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको भनेर ।’

प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका पूर्व एमालेका वष्ठि नेताहरुतिर लक्षित गर्दै भन्नुभयो उहाँहरूले मलाई नेकपाको साधारण सदस्यबाट पनि हटाइदिनुभएछ तर अदालतले म कुन पार्टीको भनेर अदालतले भनिदियो । अब ‘प्रधानमन्त्री कुन पार्टीको हो, सर्वोच्च अदालतमा सोध्न जाऊ ।’ ​

त्यसै गरी प्रधानमन्त्री ओलीले आइतबारको संसद बैठक अबरुद्ध गरेको घटनातिर संकेत गर्दै भन्नुभयो प्रतिनिधिसभा पुनःस्थापना भएपछि जनताका विषयमा छलफल होला भनेर सोचेको त पुनःस्थापनाको माग गर्नेहरु नै वहिस्कार गरे हिडे ।

उहाँले थप भन्नुभयो यतिबेला देश चुनावमा गइसक्थ्यो । त्यसपछि राम्रो संसद बन्थ्यो । संसद् किन पुनःस्थापना गरेको भन्दा त लडाइँ गर्न कराउन पो रहेछन् ।

त्यस्तै प्रतिनिधि सभा बैठक स्थगित भएकोमा पनि प्रधानमन्त्री ओलीले कटाक्ष गर्दै भन्नुभयो- “मुद्दा मामिला गरेर संसद पुनर्स्थापना किन गर्‍या रैछ त भन्दा उफ्रिन नाराबाजी गर्ने रैछ । कम्तिमा मेरो मेख मार्न भए पनि पहिलो बैठक राम्ररी चल्न दिनुपथ्र्यो ।”

उहाँले भन्नुभयो- “एक थरी नारा लगाउँछन् । अर्को थरी गुरूरू बाहिर निस्कन्छन् कहाँ जान हतार थियो कुन्नि ! संसदमा गज्जबको सेटिङ देखियो । तर संसदमा पेस हुन लागेका अध्यादेशहरू सक्ने भए फेल गरेर देखाउन पनि चुनौती दिन्छु ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.