एन आर एन न्युजजापान

एकजुट भएर अघि बढन एनआरएनए अभियन्ताहरूको जोड (फोटोहरुसहित)

चिवामा सम्पन्न एनआरएनए जापानको प्रथम क्षेत्रीय भेलाका सहभागिहरूले गैरआवासीय नेपाली संघ विश्वभरिका प्रवासी नेपालीहरूको छाता संगठन संगठन भएकाले एकजुट भएर अभियानमा लाग्नु पर्नेमा जोड दिएका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए आईसिसी कोषाध्यक्ष महेश श्रेष्ठको प्रमुख आथित्यमा भएको कार्यक्रममा मन्तव्य राख्ने अधिकांशले सामाजिक संगठनमा राजनीति तथा अन्य कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेका छन् ।

राष्ट्रिय समन्वय परिषद जापानको आयोजना र एनआरएनए जापान, चिवा क्षेत्रीय कार्यसमितिको व्यवस्थापनमा भएको कार्यक्रममा सय वढी नेपालीहरूको सहभागिता रहेको थियो ।

भेला अघि आयोजना गरिएको स्वागत तथा रात्रीभोज अवसरमा विभिन्न क्षेत्रका व्यक्तिव्यहरूलाइ सम्मान समेत गरिएको चिवा क्षेत्रका संयोजक मुक्तिराज रेग्मीले जानकारी दिनुभयो।

एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नबिन निउरेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा विशेष अथितिहरू एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारसमणि पोखरेल, एनआरएनए जापानका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक ओम गुरुङ, व्यवसायी ददिवल खड्का, नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजीव चाम्लिगं राइ, एनआरएनए जापान आईसिसी सदस्यहरू लगायत जापानभरिका १२ वटै क्षेत्रका संयोजक तथा पदाधिकारी लगायतका व्यक्तित्वहरूको सहभागिता रहेको प्रवक्ता सुवास लामिछानेले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेलले एनआरएनए जापानको वर्तमान कार्यसमितिलाई अघि बढ्न १२ वटै क्षेत्रीय समितिले गरिरहेको काम र प्रयासको प्रशंसा गर्नुभएको थियो ।

पौडेलले भविष्यमा १२ वटै क्षेत्रमा गर्न लागिएको रक्तदान कार्यक्रम, विद्यार्थी सेमिनार, नेपाल फेस्टिबल लगायत कार्यक्रमहरूको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा एनआरएनए जापानको १२ वटै क्षेत्रका संयोजकहरुले कार्यप्रगती विवरण, आर्थिक प्रतिबेदन र भाबी कार्यक्रमको योजना प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.