राजनीति

एमाले र माओवादी केन्द्र अलगअलग भएर जाने प्रचण्ड-नेपालको निर्णय

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेलको नाममा दर्ता रहेकाले सत्तारुढ र विभाजित समुहको नेकपालाई त्यो नाम प्राप्त नहुने र उनीहरु एकीकरण अघिको अवस्थामा रहने फैसला गरेपछि सोमबार बसेको प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ ।

बैठकले प्रचण्ड समूहका एक अध्यक्ष एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित पूर्वएमाले नेताहरु एमालेमै रहने र पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

अदालतले कट्टेलको नाममा नेकपा रहेको फैसला सुनाएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज भएको हो । अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताउँदै पार्टी एकता गर्ने भए छिटो निर्वाचन आयोग जान समेत सुझाएको छ ।

पेरिसडाँ८ाबाट बाहिरिएर पूर्ववत पार्टीमा फर्किने निर्णय गरेपछि सबैले चासोका रुपमा हेरिएका एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले आफुहरु अब एमालेमै फर्किएको बताउनु भएको छ ।

वरिष्ठ नेता नेपालले परिस्थितिले आफुलाई एमालेमै आउने अवस्था बनेको बताउँदै भन्नुभयो, ‘अब एमाले एमालेतिरै र माओवादी माओवादी केन्द्रतिरै फर्किने परिस्थिति बन्यो । एमालेकै नाममा पनि अर्को पार्टी दर्तामा छ । सबै कुराहरु हेरेर हामीले निर्णय गर्छौँ ।’

विगतमा आफैले साधारण सदस्यबाट निकालेकै व्यक्ति अध्यक्ष भएको पार्टीमा जाँदै गर्दा उहाले आफूहरुको हृदय विशाल भएकाले सबैलाई समेटेर अघि बढ्ने प्रतिक्रिया दिनुभयो ।

अर्का वरिष्ठ नेता खनालले पेरिसडाँडामा भएको बैठकपछि फेरी भेटौंला भन्दै बाहिरिनु भएको थियो । ‘कानुनतः एकीकृत भइसकेका पार्टीहरुलाई कानुनतः दुईवटा पार्टीमा विभाजन गरेको छ । अदालतले गरेको यो फैसलालाई कार्यान्वयन गर्छौँ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.