जल/वातावरण

मानव शरीरका एक सय सात मर्मस्थान, जहाँ आघात पुगे निधन हुनसक्छ

मानव शरीरमा एक सय सातवटा जीवितीय विन्दु हुन्छ । ती विन्दुमा आघात पर्दा मानिसको निधनसमेत हुनसक्ने भएकाले यस विषयमा जानकारी गराउन तीन दिने मर्म चिकित्सा सम्बन्धी तालिम शुरु भएको छ ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरले सोमबारदेखि तीनदिने मर्म चिकित्सासम्बन्धी तालिम शुरु गरेको हो । आयुर्वेद स्वास्थ्य संस्थाका ३० कविराज र वैद्यलाई सोमबारदेखि तालिम शुरु गरिएको केन्द्रका कार्यकारी निर्देशक डा रामआधार यादवले जानकारी दिनुभयो ।

प्राचीनकालमा मर्मस्थानमा कवच लगाएर सुरक्षा गर्ने गरिएकामा हाल यी स्थानको ज्ञानको अभावमा चोटपटक लाग्दा मानिसको एक्कासि निधनसमेत हुने गरेको छ । कसैलाई जानेर वा नजानेर मर्मस्थानमा हिर्काउँदा तत्कालै निधन भई पश्चाताप गर्नुपर्ने घटना पनि भएका छन् । यही विषयमा जानकारी गराउन मर्म चिकित्सासम्बन्धी तालिम शुरु गरिएको हो ।

दुवै हातमा ११÷११ गरी २२ वटा मर्मस्थान हुन्छन् । यसैगरी गोडामा पनि ११÷११ गरी २२ नै मर्मस्थान हुन्छन् । यसैगरी पेट र छातीमा १२ मर्मस्थान हुन्छन् । ढाडको भागमा १४ मर्मस्थान हुन्छन् । घाँटीभन्दा माथि ३७ मर्मस्थान हुन्छन् । तिनलाई ऊध्र्वजत्रुगत मर्म भनिन्छ ।

यसैगरी मानव शरीरमा सधः प्राणहर मर्म १९ वटा हुन्छन् । दुर्घटना वा चोटपटकका क्रममा यहाँ आघात परे घटनास्थलमै मानिसको निधन हुनसक्छ । यस्ता मर्मस्थान टाउकामै सातवटा रहेको कार्यकारी निर्देशक यादवले बताउनुभयो । यसैगरी घाँटीमा आठ यस्ता मर्मस्थान छन् । गुदा क्षेत्रमा एउटा यस्तो मर्मस्थान छ ।

शरीरमा क्लान्तर प्राणहर मर्म ३७, विशल्यघ्न तीन, वैकल्य कर ४४ र रुजाकर नामका मर्मस्थान आठवटा हुन्छन् । मर्मस्थानमा प्राणको बास हुने भएकाले आघातका क्रममा मृत्युसमेत हुने गरेकाले चिकित्सकमार्फत मानवसमुदायलाई जानकारी गराउन लागिएको हो । यससम्बन्धी ज्ञान भएमा स्नायु प्रणालीका कारण शरीरमा लाग्न सक्ने रोगबाट बच्न सकिने भएकाले तालिम आयोजना गरिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.