राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, एमालेको सचिवालय बैठक स्थगित

सर्वोच्च अदलतले पूर्व हैसियतमा हुत्याइदिएपछि नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठकमा पार्टी पुनर्गठनको प्रक्रिया लगायतका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई व्युँताइदिएपछि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्न लागेको पहिलो पटक हो ।

त्यसै गरी मंगलबार बोलाइएको एमाले सचिवालय बैठक भने स्थगित भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध मोर्चा कसेर प्रचण्ड खेमामा पुग्नुभएका एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल एमालेमै फर्कने बताएपछि बैठक स्थगित भएको हो ।

माधव–झलनाथ समूहले एमालेमै रहने निर्णय नगरेको अवस्थामा एमाले महासचिव ईश्वर पोखरेलले मंगलबार बिहान ९ बजेका बैठक आह्वान गरिएको तथा बैठकअगावै एमालेर रहने निर्णय गरिएका कारण बैठक स्थगित गरिएको बताइएको छ ।

ईश्वर पोखरेलको नेतृत्वमा रहेको एमाले सचिवालय समितिमा २ जना उप–महासचिव, ५ जना सचिव र १ जना कार्यालय सचिव छन् । महासचिव ईश्वर पोखरेल नेतृत्वको सचिवालय बैठक चाँडै बसेर पार्टी कार्यालय सन्चालन तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.