राजनीति

अध्यक्ष प्रचण्ड र कांग्रेस सभापतिबीच छलफल- एमाले र जसपाले बनाए वार्ता टोली

सत्ता राजनीतिमा आएको उथलपुथलसंगै संसदमा कुनै पनि दलको बहुमत नरहेपछि भावी सत्ता समीकरणका लागि दलहरु वार्तामा सक्रिय भएका छन् । यसै क्रममा सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेलको वार्ता टोली गठन गरेको छ ।

यसै गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले संसद र सरकारबारे अब के गर्ने भन्नेबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको छ ।

मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेकपा एमालेसँग पनि वार्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । मंगलबार नै माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर दुउवाबीच २० मिनेट छफल भएको छ ।

त्यसै गरी जनता समाजवादी पार्टीले सत्ता साझेदारीका लागि वार्ता टोली गठन गरेका छन् । जसपाले लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेको वार्ता टोली बनाएको छ । एमाले र जसपाबीच सत्ता सहकार्यलगायतका विषयमा छलफल भएको छ ।

यसअघि २३ फागुनको विहान जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको थियो । त्यसपछि दुई पार्टीले वार्ता टोली बनाएको जसपा स्रोतले बताएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.