राजनीति
सुकेको रुख बचाउन मतपत्रको रंग हरियो बनाउन खोजियो
निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मतपत्र हरियो रंगमा छाप्ने तयारी गरेपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसको सुकेको रुखलाई फाइदा पुग्ने गरी आयोग झुकेको भन्दै आलोचना गर्नुभएको छ ।

उहाँले नेपाली कांग्रेसलाई सुकेको रुखको संज्ञा दिंदै सुकेको रुखमा हरियाली दिलाउने गरी निर्वाचन आयोगले मतपत्रको रंग नै हरियो बनाउन खोजेको आरोप लगाउनुभएको छ ।
बुधबार मोरङको रंगेलीमा आयोजित कार्यक्रममा ओलीले मतपत्रमा हरियो नभई रातो रङ राख्नुपर्ने बताउँदै मतपत्रको रङबारे निर्वाचन आयोगको निर्णय कांग्रेसतिर झुकेको आरोप समेत लगाउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो कांग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको छ ।
प्रतिक्रिया राख्नुहोस्