राजनीति

रंगोलीमा माओवादीका मेयर-उपमेयर र वडाध्यक्षसहित ३ हजार एमालेमा प्रवेश

मोरङको रंगेलीबाट माओवादी केन्द्रका करीब ३ हजार कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । समाचार अनुसार रंगोली नगरपालिकाका मेयर र उपमेयर सहित सो संख्यामा एमाले प्रवेश गरेका हुन् ।

बुधबार रंगेलीमा आयोजितसमारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर दीलिपकुमार बगडिया र उपमेयर केशवकुमारी खनाल र दुईजना वडाध्यक्ष एमाले प्रवेश गर्नुभएको हो ।

एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले भने मेयर, उपमेयर र वडाध्यक्षहरुसहित करिब ५ हजारजना एमाले पार्टी प्रवेश गरेको दावी गर्नुभएको छ । रंगेलीका ९ मध्ये तीन वडाध्यक्ष र मेयर उपमेयर जितेको माओवादीका अब एक वडाध्यक्षमात्र पार्टीमा रहेको छ ।

प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष महेशकुमार खनाल र वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मण्डल समेत हुनुहुन्छ । उहाँहरू पनि माओवादीबाटै निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.