राजनीति

नेपाल बारमा उम्मेदवारीको लर्को

नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन् भने महासचिवमा छजनाको उम्मेदवारी परेको छ ।

अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्धवचन्द्र घिमिरेले उम्मेदवारी दिनुभएको छ ।

त्यसै गरी उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेंगो र पृथ्वीनाथ राईले नि अध्यक्षमा उम्मेदवारी दिनुभएको प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकले जानकारी दिनुभयो ।

यस्तै महासचिवमा छ जनाले उम्मेदवारी दिएका छन् । महासचिवमा राधेश्याम सुवास, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, उमेश प्रसाद, अञ्जिता खनाल र इन्द्रबहादुर अधिकारीले उम्मेदवारी दिनुभएको छ ।

कोषाध्यक्षमा जगतबहादुर कार्की र गोविन्दराज उपाध्यायले उम्मेदवारी दिनुभएको छ । आगामी चैत १९ गते हुने निर्वाचनका लागि २५ पदमा ७५ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.