विश्व समाचार

पञ्जाबमा आम आदमीको झण्डा

भ्रष्टाचार बिरोधी आन्दोलनमा सहभागी हुँदै राजनीतिमा होमिएर भारतको राजधानी दिल्लीमा बलियो पकड जमाएको आम आदमी पार्टी (आप) दिल्ली बाहिरका जनताको पनि रोजाईमा परेको छ ।

पार्टी नेता अरवीन्द केजरीवालल चुनावअघिका सबै घोषणा मुख्यमन्त्री भएपछि पूरा गरेको देखेका अन्य प्रान्तका जनताले अब आफ्नो क्षेत्रमा आम आदमी पार्टी रोज्न थालेका छन् । सो पार्टीले पञ्जाब विधानसभा चुनावमा ठूलो सफलता हात पार्ने निश्चित भएको छ ।

फेब्रुअरी २० मा भएको विधानसभा चुनावको नतिजा बिहीबार बिहानदेखि आउन सुरु हुँदा आम आदमी पार्टी पञ्जाबमा भारी बहुमतसहितको जित निश्चित भएको छ ।

१ सय १७ सिट रहेको पञ्जाबमा सरकार बनाउन ५९ सिट आवश्यक पर्ने भए पनि आपले करिब ९० सिटमा जित हात पार्ने निश्चितजस्तै देखिएको छ ।

अघिल्लो चुनावमा आपले २० सिट जितेर प्रतिपक्षी दलको स्थान लिएको थियो । सरकार बन्ने निश्चित भएसँगै पञ्जाबका विभिन्न ठाउँमा बल्ले बल्ले शैलीमा आप समर्थकले खुसियाली मनाइरहेका छन् ।

पञ्जाबमा आम आदमी पार्टीले दुई तिहाईभन्दा बढी मत ल्याउने देखिएपछि जनता राजनीतिमा परम्परागत हैन परिवर्तन चाहन्छन् भन्ने देखिएको छ । यसको असर नेपालमा पनि पर्नेछ ।

आम आदमीले लोकसभा सदस्य तथा हाँस्य कलाकार भगवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा उठाएको छ । राजनीतिक व्यंग्यका लागि उनी निकै परिचित छन् । लोकसभा बैठकमा समेत उनका प्रस्तुति रोचक हुने गर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.