पोखरा विमानस्थलमा कार्यरत ७१ चिनीयाँ कामदार ‘सेल्फ क्वारेन्टाइन’मा
पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ७१ जना चिनीया कामदारलाई ‘सेल्फ क्वारेन्टाइन’मा राखिएको छ । कोरोना भाइरस फैलिइसकेपछि २० जना पुरानै कामदार र ८७ जना नयाँ चिनियाँ कामदार नेपाल आएकोमा ७१ जनालाई ‘सेल्फ क्वारेन्टाइन’ राखिएको हो ।
मुनकर्मीले सुनाए । ‘यसअघि पनि हामीले क्वारेन्टाइनमा राखेका थियौं । त्यतिबेला क्वारेन्टाइनमा बसेका ३६ जना अहिले काममा फर्किसके,’ उनले भने । मार्च ४, ५ र ६ मा ७१ जना चिनियाँ कामदार नेपाल आएका थिए ।
नेपाल नागरिक उड्डयन कार्यालय, पोखरा विमानस्थलका प्रमुख विनेश मुनकर्मीका अनुसार विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस आक्रमणबाट बच्न सेल्फ क्वारेन्टाइनमा राखिएको हो । मार्च ४, ५ र ६ मा ७१ जना चिनियाँ कामदार नेपाल आएका र उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।
चीनदेखि आएका कामदार चीनमै २ हप्ते क्वारेन्टाइनमा बसेको भए पनि सुरक्षाकोे दृष्टिकोणले नेपालमा पनि क्वारेन्टाइनको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभएको छ ।
यसअघि कामदारलाई क्वारेन्टाइनमा राखिएका र त्यतिबेला क्वारेन्टाइनमा बसेका ३६ जना अहिले काममा फर्किसकेको बताउँदै उहाँले कामदारलाई आफ्नो कोठादेखि बाहिर निस्कन नदिने र दिनमा ३ चोटी शरीरको तापक्रम नाप्ने लगायतका काम भइरहेको बताउँदै कम्तिमा १० देखि १८ दिनसम्म यसरी क्वारेन्टाइनमा राखिने मुनकर्मीले बताउनुभएको छ ।
निर्माणाधीन पोखरा क्षेत्रीय विमानस्थलमा २८० नेपाली र १९० चिनियाँ कामदार कार्यरत छन् । ती कर्मचारीको स्वास्थ्य परीक्षणका लागि छुट्टै कामदारको व्यवस्था नभए पनि त्यसको व्यवस्थापन गर्न क्षेत्रीय स्वास्थ्य निर्देशनालयसँग स्वास्थ्यकर्मीको माग गरेको मुनकर्मीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्